काठमाडौं २६ फागुन–क्रिकेटको विश्वकप छनौट अन्तर्गत आज हुने खेलमा नेपालले अफगानिस्तानको सामना गर्दैछ । लगातार तेस्रो पटक पराजय खपेको अफगानिस्तानको मनोवल घटेको छ । उसको आक्रमक ब्याट्सम्यान मोहम्मद शहजादलाई पनि नेपाल विरुद्धको खेलमा गुमाएको छ । यीनै दुई कारण पनि नेपाल अफगानिस्थानमाथि हाबी हुने देखिन्छ ।

तर सुपर लिगमा पुग्नको लागि नेपाललाई  अब खेल्ने दुबै खेल जित्नै पर्नेछ । यस अघि नेपाल स्कटल्याण्ड र जिम्बाबेसँग पराजित भएको थियो । विश्वकप छनौटको लागि आज अफगानिस्थानसँग र सोमवार हङकङसँगको खेल भने नेपालले जित्नै पर्ने छ ।