काठमाडौं, २४, असार–फुटबल विश्वकपको शनिवार भएको क्वाटर फाइनलमा इग्ल्याण्डले स्विडेनलाई २–० ले हराएको छ । यो जित सँगै इग्ल्याण्ड २८ सालपछि तेस्रो पटक समिफाइनलमा पुगेको छ ।

स्वीडेन १९८६ र १९९० मा अन्तिम चारमा पुगेको थियो । सवीडेन २४ बर्षपछि अन्तिम चारमा पुग्ने सपना शनिवार भएको खेल सँगै समाप्त भएको छ । दुबै टिम बीच यो २५ औं खेल थियो ।  यी खेलहरु मध्ये ९ इग्ल्याण्ड र ७ स्विडेनले जित्न सफल भएका थिए । ९ खेल भने बराबरीमा टुङ्गीएको छ । योभन्दा पहिला स्वीडेन र इग्ल्याण्ड बीच दुई खेल भइसकेका थिए । २००२ मा भएको खेलमा १–१ र २००६ मा भएको खेल २–२ को बराबरीमा समाप्त भएको थियो । 

 शनिबार बेलुका भएका अर्को खेलमा आयोजक रूसलाई हराउँदै क्रोएसिया पनि अन्तिम चारमा पुगेको छ । शनिवार राती भएका दुई खेलसँगै रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाईनल समिकरण पनि पुरा भएको छ ।

विश्वकप समेफाइनलमा क्रोएसियासँगै फ्रान्स, बेल्जियम र इङ्ल्याण्डले  स्थान पक्का गरेका छन् । सेमिफाईनलमा पुगेका चार वटै टोली युरोपियन हुन् ।

फाईनल प्रवेशका लागि अब फ्रान्सले बेल्जियम र इङ्ल्याण्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

युरोकपको उपविजेतासमेत रहेको फ्रान्सले दक्षिण अमेरिकी राष्ट्र उरूग्वेलाई २–० ले पन्छाउँदै यो विश्वकपको अन्तिम चारमा पुगेको हो । फ्रान्स छैठौं पटक अन्तिम चारमा पुगेको हो  । दुई पटक फाइनल खेलेको फ्रान्सले १९९८ मा विश्वकप समेत  जितेको थियो भने सन् २००६ मा उपविजेता बनेको  थियो । यस्तै सन् १९५८ र १९८६ मा फ्रान्स तेस्रो भएको थियो भने सन् १९८२ मा उ चौथो भएको थियो । 

यस्तै पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले हराउँदै  अर्को युरोपेली मुलुक बेल्जियम सेमिफाइनलमा पुगेको छ । बेल्जियम दोस्रो पटक विश्वकपको सेमिफाईनलमा प्रवेश गरेको हो । सन् १९८६ को विश्वकपमा बेल्जियम सेमिफाइनला पुग्दै चौथो भएको थियो ।

त्यसैगरी शनिबार भएको खेलमा इङ्ल्याण्डले स्विडेनलाई २–०ले हराउँदै १८ वर्षपछि विश्वकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।  सन् १९६६ को विजेता इंल्याण्डले सन् १९९० को विश्वकपमा सेमिफाइनलसम्म पुगेर चौथो भएको थियो ।

प्रतियोगिताको अन्तिम क्वार्टरफाईनल खेलमा घरेलु टोली रूसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्रोएसिया पनि सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । यो विश्वकपसँगै क्रोएसिया दोस्रो पटक सेमिफाइनलमा पुगेको हो ।  सन् १९९८ मा नेदरल्याण्डलाई हराउँदै क्रोसिया तेस्रो भएको थियो ।

विश्वकपको सेमिफाइनल खेल मंगलवार रातीबाट हुनेछ । मंगलवार फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल खेल  हुनेछ । दुई टोलीबीचको खेल सेन्ट पिटर्सवर्ग स्टेडियममा नेपाली समय अनुसार राति ११ः४५ मा सुरू हुनेछ । दोस्रो सेमिफाइनल बुधबार इङल्याण्ड र  क्रोएसिया बीच हुनेछ । क्रोएसिया र इङ्ल्याण्डबीचको दोस्रो सेमिफाईनल खेल बुधबार राति  लुजिनिकी रंगशालामा नेपाली समय अनुसार राति ११ः४५ मा सुरू हुनेछ ।