पोखरा, १६ मंसिर–१३औं दक्षिण एसियाली खेदकुद ‘साग’मा नेपालले माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ ।

१७ रनको कमजोर लक्ष्य पाएको नेपालले पहिलो ओभरमै जीत हात पारेको हो । नेपालका लागि काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रह्यो ।

पोखरामा सोमबार टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन मात्र बनाएको थियो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्‍यो । काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो ।

तीब्र गतिकी बलर अञ्जली चन्दले टि २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमानसमेत राखेकी छिन् । अन्जलीले कीर्तिमानी प्रदर्शसँगै नेपालले माल्दिभ्सलाई १०.१ ओभरमा १६ रनमा अल आउट गरेको थियो ।

अन्जलीले २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् । उनले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् ।

यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् ।