काठमाडौं, २३ भदौ –  दशै र तिहारको उपलक्ष्यमा  इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले नयाँ र आर्कषक अफर ल्याएको छ । 

अफर अन्तर्गत ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा मात्र रु.२५,९९० मा पाउन सक्नुहुनेछ । 

यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ । यसको अतिरिक्त वल्र्डलिंकले आफ्ना ग्राहकवर्गकमा कुनै पनि सामान्य टि.भीलाई युट्युब फिचर मार्फत स्मार्ट टि.भी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ ।

यसका साथै सम्पूर्ण नँया तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी रु.२५० नगद ब्यालेन्स प्राप्तगर्न सक्ने कम्पनीले जानकारी दिएको छ।