नेपाल समृद्ध होस्, नेपाली सुखी हुनपाउँ यो सबैको चाहना हो । देश समृद्ध बनाउने सबैभन्दा ठूलो दायित्व सरकारको हुन्छ । किनकी देशको नीति नियम बनाउनेदेखि भएको सम्पूर्ण श्रोत साधनको परिचालन गर्ने बैधानिक अधिकार सरकारसँग हुन्छ । देशको ऐन कानुन, नीति नियम नमान्ने छुट कसैलाई हुँदैन । लोकतान्त्रिक सरकार आपैm पनि नीति, नियम, कानुन र संविधान अनुसार चल्नुपर्छ । यो विधिको बाटो हिँडेर देशले समृद्धि हासिल गर्नुपर्छ । यो हामी सबैको चाहना हो ।

समृद्धिको यात्रामा सरकारको मात्रै भूमिका हुन्छ भन्ने ठान्नुचाहिँ गलत हुन्छ । साना मसिना लाग्ने कैयौं यस्ता घटना, व्यवहार, चलन, चिन्तन छन् ती सबैले हामीले प्राप्त गर्न चाहेको समृद्धिलाई प्रभावित गरिरहेको हुन्छ । ‘समृद्धि’ आर्थिक सँग र ‘सुखी’ भावना एवं अनुभुतिसँग जोडिएको विषय हो । आर्थिक समृद्धि हासिल भयो तर सुखी हुन सकिएन भने त्यो अपुर्ण हुन्छ ।

तिहारमा प्रयोग हुने पूmल र पूmलका माला भारतबाट आयात गर्नुपरेको कुराले धेरैलाई पिरोलेको कारण गएको केही वर्षदेखि (विशेष गरि २०७२ सालमा भारतले लगाएको नाकाबन्दी पछी) नेपालमा पूmलको उत्पादन बढेको छ । यो वर्ष तिहार आउनु अगाडि नै धेरैले आपूmसँग तिहारका लागि पूmल भएको भनेर प्रचार गरिरहेका छन् । यो निकै खुसीको कुरा हो । यसले सबै माग त धान्छ कि धान्दैन तर अब यही चलनले निरन्तरता पाउने हो भने केही वर्ष पछि नेपालीलाई तिहार मनाउन भारतीय सयपत्री र मखमलीको आवश्यकता पर्ने छैन । नेपालीको समृद्धिको लागि यो एउटा सानो कोषे ढुङ्गा सावित हुनेछ । यहाँ पूmलमात्रै होइन राष्ट्रियता पनि पूmलेको छ ।

तिहारमा सरकारले पटका पडकाउन नपाईने नियम बनाएको छ । त्यसैले पटकाको उत्पादन, ओसारपसार, बिक्रिवितरण गर्न पाईदैन । कारण सुरक्षालाई बनाए पनि यसका कारण अरु पनि छन् । पटका हामीकहाँ उत्पादन गर्न नपाईने भएपछि यो सबै आउने विदेशबाटै हो । यसले पटकाउनेलाई क्षणिक मनोरञ्जन देला, पटका पटकाउँदा हैसियत बढेको ठान्ने पनि होलान् । तर, यसले जोखिम निम्त्याउने गर्छ, आवाजको कर्कसले मजस्ता कतिलाई दिक्क लाग्छ । तलवितल प¥यो भने मानिसलाई घाईते बनाउछ, आगलागीको खतरा रहन्छ । त्यसका अलावा यही वहानामा अरुले करोडौंको व्यापार गरेर नाफा कमाउँछन् । हामी उनका उपभोक्ता हुन्छौं र क्षणिक उन्मादका लागि करोडौं रकम विदेश बगाउँछौं । यहाँ किन राष्ट्रियता मौन हुन्छ समृद्धि चाहनेका लागि ? सयपत्री र मखमलीमा ढकमक्क फुलेको राष्ट्रियता यहाँ किन ओइलाउछ ? 

नेपालसँग सिमा जोडिएका भारतीय बजारमा खुल्लमखुल्ला विक्रि गरिने लागु औषधी भारतीय युवालाई बिक्रि गरिदैन । कुनै एउटा पनि भारतीयलाई अनधिकृत रुपमा बिक्रि गरेको पाइएमा त्यहाँको पुलिस प्रसाशनले पसलेलाई कडा कार्वाही गर्छ । तर, नेपाली युवालाई बोलाएरै त्यस्ता बस्तु बिक्रि गर्ने गरिन्छ । यहाँ उत्पादक र बिक्रेता देशको आर्थिक स्वार्थ छ । तिनको व्यापार भयो, केहीले रोजगारी पाए । तर नेपाली युवालाई त्यहाँ जान र सेवन गर्न रोक्ने काम नेपाल प्रहरीको मात्रै हो ? समाज किन चासो राख्दैन ?

झापाको सिमावर्ति गाउँमा उत्पादन भएको दुध नजिकैको भारतीय बजारमा माग छ । नेपाली डेरी उद्योगले टेंकरमा राखेर पठाएको दुध भारत रोक्छ तर भारतीय व्यपारीले मोटरसाइकल र साइकलमा लगेको दुधको लागि बाटो खुल्ला गर्छ । कारण त्यहाँका केही युवाले रोजगारी पाएको देख्छ । उसको राष्ट्रिय चेत यति सचेत छ । यदि भारतीयले रोजगारी पाएका छन्, व्यापार बढेको छ भने ऊ उदार बन्छ तर उसको रोजगारीमा बाधा परेको देख्ने वित्तिकै बाटो छेक्छ । हामी भारतबाट घरायसी प्रयोगका समान निर्वाध ल्याउन पाउनुपर्छ भनेर भन्सारमा पुलिस र कर्मचारीसँग झगडा गर्छौं ।

समृद्धिको अभियन्ता ठान्ने हामी आपैmले गर्ने धेरै कार्यक्रममा प्रयोग हुने सानातिना समान, उपहार, खादा, खाजा आदिमा हाम्रो रोजाई स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादन हुन्छ भने हामी के गरिरहेको छौं ? नारामा देशको समृद्धि र व्यवहारमा विदेशको समृद्धि । चाडवाडमा उपभोग अलि बढी नै हुन्छ । हामी आपैmले उपभोग गर्ने बस्तु र सेवामा हाम्रो राष्ट्रियतासँग जोडिएको समृद्धिको ख्याल कत्तिको गरिन्छ ? जुन बस्तु र सेवा स्वदेशी उपलव्ध छ त्यो हाम्रो प्राथमिकता बन्नुपर्छ । जुन बस्तु हामीसँग छैन तर नभई पनि भएको छैन भने हामी विदेशी समानको भर पर्नुपर्ने नै हुन्छ । तर स्वदेशी वस्तु र सेवामा नाक खुम्च्याएर विदेशी प्रयोगमा गर्व गर्ने संस्कारले समृद्धिलाई नजिक ल्याउने होइन पर धकेल्छ । 

हामीले विदा मनाउन, घुमघाम गर्न कुन ठाउँलाई प्राथमिकता दिन्छौं ? नेपाल भित्र पनि कि बाहिर मात्रै ? विदेश घुम्नु हुदैन भन्ने होइन, तर एक पटक विदेश जाँदा एक पटक नेपालको कुनै स्थानलाई गन्तव्य बनाउने गरौं ।

नेपालको समृद्धिले हामी सबैको सान, मान बढाउँछ । आपूmमात्रै धनी एवं आफ्ना लागि मात्रै सक्षम हुँदा गाउँ, टोल, वडा तिर त मान, सान होला तर त्यसको सिमा काटेर अलि पर जाँदा हामीलाई चिनाउने ठाउँले हो । देश बाहिर जाँदा चिनाउने देशले हो । नेपाल भरी झापाली हुनुको सान, मान धेरथोर छ । किनकि झापा जिल्ला सचेत र तुलनात्मक रुपमा अलि विकसित जिल्ला हो । तर कर्णालीको हुम्ला, जुम्लाको सम्पन्न मानिस अन्य जिल्लामा जाँदा धनी हुनुको पहिचानले चिनिदैंन । समग्र हुम्ला जुम्लाले बोकेको पहिचानले नै चिनिन्छन् । नेपालका उपेन्द्र महतो, दिवंगत डा. उपेन्द्र देवकोटा, डा. भगवान कोइराला जस्ता दिग्गज क्षमता र प्रतिभा भएका मानिस नेपालमा त सम्मानित थिए, छन् तर विदेशका उनीहरुको पहिचानको आधार नेपाल र नेपालको अवस्थाभन्दा माथि नभएको कुरा वहाँहरुले अन्तर्वाताको क्रममा भन्नुभएको छ । 

उद्योग बाणिज्य महासङ्घका केन्द्रीय सदस्यहरुको टोली भिजिट भिसामा मलेशिया जाँदा त्यहाँको अध्यागमन विभागले केही घण्टा रोकेर केरकार गरेछ । किन हामीलाई यस्तो ग¥यो भनेर पछि बुझ्दा नेपालीहरु पनि आफ्नो पैसा खर्च गरेर भिजिट भिसामा मलेशिया घुम्ने हैसियत राख्छन् भनेर पत्याउन गाह्रो भएकाले त्यो व्यवहार गरिएको रहेछ भनेर भ्रमण टोलीका सदस्य एवं व्यवसायी केशव पाण्डेले बताउनु भएको थियो ।

केही वर्ष पहिले म अमेरिकाबाट फर्कने क्रममा बहराइनको एयरपोर्टमा भेटभएका जनकपुरका युवा कम्युटर इन्जिनियर दिवश मंण्डलसँग नेपाली हुनुको नाताले विदेशी भुमीमा निकटता भयो । गफ भए, उनी पहिलो मधेश आन्दोलनमा खुव सकृय भएर लागेका रहेछन् । रोजगारीको शिलशिलामा विदेश गएका उनले त्यहाँ पुगेपछि उनको पासपोर्टले बोकेको परिचय बाहेक केही पाएनछन् । उनले त्यहाँ पुगेपछि थाहा पाएको कुरा गरे देश नेताले विगारेका रहेछन् ।

हामीमा अर्को एउटा विचित्रको चिन्तन र चरित्र छ आपूm समृद्ध हुनका लागि । बाबुआमालाई घुक्र्याएर छोराछोरी समृद्ध हुृने, छिमेकीसँग झगडा गरेर आपूm समृद्ध हुने, आफ्नै ग्राहकलाई कमशल बस्तु र सेवा बेचेर समृद्ध हुने, घुस खाएर समृद्ध हुने, अरुलाई ठगेर समृद्ध हुने, सरकारलाई ठगेर समृद्ध हुने आदि । दलाली पेशा र कमिशन आयश्रोटको बाटो बनेको छ । दलाली पेशाका ठूला मानिस सरकारमा हुन्छन्, सरकार बनाउने र विगार्नेमा छन् त्यसैले समृद्धिको जरामा पानी हाल्ने कम र पात रंगाउनेमा धेरै काम गरिन्छ । किनकि पातमा रङ्ग लागेको तुरुन्तै देखिन्छ ।

समृद्धि आर्थिक विषय हो । एउटा व्यक्ति वा संस्थाको समृद्धि अरु धेरै व्यक्तिको प्रत्यक्ष वा परोक्ष हानी गरेर पनि प्राप्ति गर्न सकिन्छ । तर समग्र देशको र सबैको अर्थात बहुजनको समृद्धि दलाली, कमिशन, घुस, ठगी मासेर उत्पादनसँग जोडिएपछि मात्रै प्राप्त हुन्छ । देशको समृद्धि इमानको बाटो र उत्पादनको कर्म गरेर मात्रै प्राप्त हुन्छ । उत्पादनलाई प्रोत्साहन गर्न त्यसको खपत स्वदेशमा वा विदेशमा अनिवार्य छ । त्यसैले सेवा वा वस्तुको उपभोगमा नेपालीले नेपालकै उत्पादन र सेवालाई प्राथमिकतामा नराख्ने हो भने समृद्धि टाडिन्छ ।

समृद्धिलाई नजिकमा ल्याउन हामी सबैको भूमिका कतै न कतै जोडिएको छ । हामी सबैले उत्पादन त गर्न सकेको छैनौं तर उपभोग सबैले गर्छौं । हामीले उपभोगको लागि तिरेको पैसा मध्ये बगेर विदेश कति जान्छ र स्वदेशमा कति अडिन्छ भनेर मात्रै सोचिदिने होभने पनि धेरै काम हुन्छ भन्ने मेरो बुझाई छ ।

कुलमान घिसिङले एउटा अन्तर्वातामा भनेको सुनें विजुली जडान गरिएका हरेक घर, उद्योग, प्रतिस्ठान पावर हाउस हुन् । उनको भनाईको मतलव थियो यदि विजुलीको खपत आवश्यकता भन्दा बढी नगर्ने हो भने त्यो बचेको वा खेर जाने बिजुली पावर ग्रिडमा फर्किन्छ । त्यसले विद्धुतको संचय बढाउछ ।

सुनेको छु जापानीहरु भान्सामा सबैभन्दा बढी फलपूmल र तरकारीमा खर्च गर्छन् । त्यसका लागि जापानले विदेशबाट समेत तरकारी फलपूmल मगाउने गर्छ । राष्ट्रिय बचत बढाउन त्यहाँका मन्त्रीले आफ्ना जनतालाई बर्षभरिमा थोरै, गमलामै भएपनि तरकारी उत्पादन गरेर राष्ट्रिय बचत बढाउन सहयोग मागे । यो अभियानबाट जापानले वर्षमा चारसय अर्व डलरको बचत गर्न सफल भयो । हामी जबसम्म उत्पादन र उपभोगमा सचेत हुदैनौ तबसम्म बाहिर हेपिने भित्र धक्कु लगाउने खेताला जन्माउने मुलुकमा सिमित हुनेछौं ।