चिनियाँ नेता छिपाओ र मंगोलियका विदेशमन्त्रीलाई सँगै बोलाउँदा झण्डै कुटनीतिक दुर्घटना 


Wednesday, 21 Dec, 2016 11:08 AM

काठमाडौं, ६ पुस– भर्खरै नेपाल आएर फर्केका चिनियाँ कम्युनिस्ट पार्टीका शक्तिसाली नेता तथा प्रचार विभाग प्रमुख लिउ छिपाओ नेपाल भ्रमणका बेला अस्वस्थ थिए ? उनी अस्वस्थ थिए कि थिएनन् त्यो त यकिन छैन तर, अहिले चीन बिरुद्ध दलाई लामालाई आश्रय दिइरहेको मंगोलियाका विदेशमन्त्रीलाई पनि छिपाओसँगै बोलाएर नेपाल सरकारले चीन सम्बन्धमा थप शंका उत्पन्न गराएको छ । चिनियाँ नेतालाई बोलाएर नेपालले प्रस्तुत गरेको कुटनीतिक कच्चापनका कारण चिनियाँ नेता छिपाओले आफू अस्वस्थ भएको भन्दै भेटवार्तामा भ्रमण टोलीका उपप्रमुखलाई खटाएका हुन् कि भन्ने आशंका जन्मिएको छ । 


चीनसँग सम्बन्ध चिसिएको मंगोलियाका विदेशमन्त्रीलाई सँगसँगै जसो नेपाल बोलाइएको थियो । मंगोलियाका विदेशमन्त्री सेन्द मुन्च अर्जिललाई प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी निवास वालुवाटारमा भेट गरिरहंदा चिनियाँ नेता पनि त्यही पुगेका थिए । १५ मिनेट समयको अन्तरमा प्रधानमन्त्री दाहालले मंगोलियाका विदेशमन्त्री अर्जिल र चिनियाँ नेता छिपाओलाई भेट गरेका थिए । 


मंगोलिया संसारकै सबैभन्दा ठूलो भूपरिवेष्ठित देश हो र उसले चीनबाट पारवहन सुविधा लिइरहेको छ । तर, जव चिनियाँ पृथकतावादी नेता दलाई लामालाई मंगोलियाले आफ्नो देशमा स्वागत गर्यो तव चीन र मंगोलियाबीच सम्बन्ध चिसिन पुग्यो । नेपाल सरकारले दुवै देशका नेताहरुलाई एकैसाथ निम्त्याउँदा झण्डै प्रधानमन्त्री वालुवाटारमा चिनियाँ नेता छिपाओ र मंगोलियाका विदेशमन्त्री अर्जिलको झण्डै जम्काभेट हुन पुगेको थियो । 


अर्काे संयोग के पर्यो भने जुन होटलमा चिनियाँ नेता छिपाओले कांग्रेस सभापति र एमाले अध्यक्षलाई भेट्ने कार्यक्रम थियो, त्यहीं त्यसअघि मंगोलियाका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्रीले दिवा भोज खुवाएका थिए । निर्वासित तिब्बती धार्मिक नेता दलाई लामालाई मंसिर पहिलो साता प्रवेश दिएकोमा आपत्ति जनाउँदै चीनले मंगोलियासँगका दुईवटा महत्वपूर्ण द्विपक्षीय बैठक रद्द गरेको थियो । भारतमा बसेर ‘फ्रि–तिब्बत’ अभियान चलाइरहेका लामालाई मंगोलिया लैजानुलाई ‘राजनीतिक घात’को रूपमा चीनले अथ्र्याउँदै आएको छ । त्यही मंगोलियाका मन्त्रीलाई निम्तो दिने तथा देशको ठूलो दलका सभापति दलाई लामाका प्रतिनिधि सहभागी हुने कार्यक्रममा जाने जस्ता विषयले पनि चीन नेपालप्रति गम्भीर बनेको छ । 


मंगोलियाका विदेशमन्त्री अर्जिल दुईदिने नेपाल भ्रमणमा आएका थिए । उनी काठमाडौ आएकै दिन चीनका प्रभावशाली नेता छिपाओ नेपालको तीन दिने भ्रमणमा आएका थिए । मंगोलियाका विदेशमन्त्रीको पहिलो नेपाल भ्रमणको मुख्य उद्देश्य चीन बिरुद्ध जुट्न आग्रह गर्नु थियो । मंगोलिया र नेपाल दुबै भूपरिवेष्ठित देश भएकाले एकजुट हुन भन्दै घुमाउरो रुपमा चीन बिरुद्ध एकजुट हुन आग्रह गरेको थियो । 


मंगोलियाको सरोकारवारे नेपालले न उसलाई स्पष्ट पार्न सक्यो न चीनलाई नै खुसी बनाउन सक्यो । गतसाल भारतले नेपाल बिरुद्ध नाकाबन्दी गर्दा सहयोग पुर्याएको चीनका विरुद्ध मंगोलियासँग सहकार्य गर्न नेपाल अग्रसर भएको हो कि भन्ने शंकामा चीनलाई सरकारको कच्चापनले पुर्याइदिएको छ । 
 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top