काठमाडौं, २६ पुस – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य १० रुपैयाँ प्रतिलिटर घटाएको छ ।

घटाएको मूल्य आन्तरिक उडानको लागि मात्रै हुनेछ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुशार घटाएको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । 

घटेको मूल्य अनुशार अवको आन्तरिकतर्फ हवाई इन्धन मूल्य ९५ रुपैयाँ ५० पैसा हुनेछ । यसअघि १०४ रुपैयाँ ५० पैसा रहेको थियो ।