काठमाडौं, ३० जेठ – नेपालमा सामान्यतया  जुन १० तारिखमा सुरु हुने मनसुनि बषार्को प्रभाव अझै देखिएको छैन । मौसम पूर्वअनुमान महाशाखाले यो बर्ष मनसुन अवधिभर औसत भन्दा कम पानि पर्ने अनुमान गरेको छ ।   

मौसम पुर्वअनुमान महाशाखाले जनाए अनुसार दक्षिण एसियामा नै कमजोर रहने मनसुनको कारण नेपालको कृषि क्षेत्रमा नकारात्मक असर पर्ने संभावना रहेको छ ।
तराईका किसानहरु धान खेतिका लागि मनसुनि वर्षाको प्रतिक्षामा रहेका छन् । 

ढिलोगरी सुरु हुने मनसुन नेपालमा आउन अझै केहि दिन लाग्ने र असारको पहिलो साताको अन्तिम दिनहरुमा  पुर्वि क्षेत्रबाट मनसुनी बर्षाको प्रवेस हुने अनुमान रहेको मौसम बिज्ञ शान्ति कंडेल बताउनुहुन्छ ।