काठमाडौं, ४ असोज – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बी संग भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा लगानी गर्न युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गर्नु भएको हो ।

कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि युएई सरकारले गरेको सहकार्यको प्रशंसा गर्दै आउँदो दिनमा पनि सहकार्य जारी राख्न मन्त्री भट्टराईले अनुरोध गर्नुभएको छ ।

युएईका राजदुत नाक्बीले काठमाडौं-युएई उडान थप गर्न आग्रह गर्नुभएको थियो । सो सम्बन्धमा मन्त्री भट्टराईले सकारात्मक भई चाडै निर्णय लिने जानकारी गराउनुभएको छ ।