काठमाडौं, ३० जेठ – नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईले अलैची निर्यातमाफर्त देशको अर्थतन्त्रलाई सुदृढ पार्न सकिने बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो बिशेष सम्वोधनलाई अलैचीमा केन्द्रित गर्नुभएका नेता भट्टराईले प्रधानमन्त्रीको आसन्न भ्रमणमा चीनलाई समेत नेपाली अलैचीको बजार बनाउने एजेण्डा राख्न आग्रह गर्नुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईको अलैचीमाथिको सम्बोधनको पूर्ण पाठ : 
 १.    ताप्लेजुङ लगायत हाल ४७ जिल्लामा अलैचीको व्यवसायिक खेती हुने गरेको छ । कुल उत्पादनको ५० प्रतिशतभन्दा बढी उत्पादन एउटै ताप्लेजुङ जिल्लामा हुनेगरेको छ । 

२.    १४८७५ हेक्टर जमीनबाट देशभरी ५५ सय मेट्रीटन अलैची उत्पादन हुन्छ । यो तथ्याङ्क अधिल्लो सालको भन्दा ५०० बढेर ६ हजार मेट्रीकटन पुग्ने अनुमान गरीएको छ । जबकी सन् २००७ मा झण्डै १० हजार मेट्रीकटनसम्म अलैची उत्पादन भएको थियो । सही नीतिको अभावका कारण यसको उत्पादनमा ठूलोमात्रमा हस आएको छ । 

३.    उत्पादन मध्ये करिव १ प्रतिशत मात्र देशभित्र खपत हुन्छ भने बाँकी ९९ प्रतिशत विदेश निकासी हुने गरेको छ । आजको बजर मुल्यमा झण्डै १० अर्व बराबरको अलैची विदेशी बजारमा निकासी हुने गरेको छ ।

४.    नेपालमा हाल अलैची खेतीमा १ लाख परिवार आवद्ध रहेका छन् । यसबाट पूणर््कालीन र आंशिक गरेर लाखौँ मानिसहरु रोजगार भएका छन् ।

५.     २०७०/७१ मा अलैची प्रति मन १ लाख २० हजार पुगेकोमा हाल  मुल्य घटेर ३० हजारको हाराहारीमा रहेको छ ।

६.     अहिलेसम्म अलैचीको निकासी मुलत् ः भारतीय बजारमा मात्र छ भने चीन लगायत अन्य मुलुकमा समान्य रुपमा निकासी भएको अवस्था छ ।

७.     भारतीय बजारमा पुगेको अलैचीमध्ये ५० प्रतिशत भारतीय बजारमा उपयोग हुन्छभने बाँकी ५० प्रतिशत त्यही अलैची भारतीय व्यापारी मार्फत बंगलादेश, पाकिस्तान र खाडी मूलुकमा निकासी हुने गरेको छ । यसबाट भारतीय व्यापारीहरुले अत्याधिक फाइदा लिइरहेका छन् । 

८.     भारत र भुटान हुँदै ठूलोमात्रामा अलैची बंगलादेश जाने गरेको छ । त्यहाँवाट जाने अलैचीमा भन्सार छुट हुने गरेको छ । 

९.     नेपालीबाट सवैभन्दा बढी निर्यात हुने बस्तु अलैची भएकाले र दक्षिण एसियामा यसको मूख्य बजार बंगलादेश भएकाले नेपाल सरकारले अलैचीलाई बंगलादेशको बजारमा सोझै पुर्याउने प्रबन्ध गर्नुपर्दछ । नेपालबाट बंगलादेशमा जाने १०८ बटा बस्तुमा भन्सर छुट रहेको सन्दर्भमा अलैचीमा समेत यो व्यवस्था लागु गरेमा नेपालीले फाईदा पाउने छन् । 

१०.     अलैचीको अर्को ठूलो बजार खाडी मूलुक हुन । नेपाली अलैचीलाई सिधैं खाडी मुलुकसम्म पुर्याउन सरकारले उचित प्रबन्ध गनुृ पर्दछ । 

११.     चीन अलैचीको अर्को विशाल बजार हो । तसर्थ सम्माननीय प्रधानमन्त्रि केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका अबसरमा अलैची निर्यातलाई मुख्य एजेण्डा बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु । 

१२.     अलैंची उत्पादनलाई विशेष प्रोत्साहन गर्न कृषकहरुलाई प्राविधिक, वित्तिय लगायत अन्य आवश्यक क्षेत्रमा सहयोग गर्ने, विशाल भण्डारण केन्द्र निर्माण गर्ने, प्रशोधन केन्द्र निर्माण गर्ने साथै बजारको सुनिश्चितता गर्ने हो भने अलैंचीले नेपालको बैदेशिक व्यापार घाटा सन्तुलन गर्न ठूलो योगदान पुर्याउने निश्चित छ । अलैची विकास वोर्ड गठन गरी दिर्घकालीन योजनाका साथ काम गर्न सम्माननीय सभामुख मार्फत म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु । साथै सबैभन्दा बढी अलैची उत्पादन र निर्यात गर्ने ताप्लेजुङ्ग जिल्लालाई अलैचीको सुपर जोन घोषणा गर्न समेत माग गर्दछु ।