30 चैत, 2077Monday, April 12, 2021, 5:24 AM
सरकार निर्माणबारे काँग्रेसको प्रस्ताव प्रष्ट छैन,जसपा न्युट्रल बस्छ : महन्थ ठाकुर
एमाले बागमतीका सबै कमिटी अधिवेशन आयोजकमा रुपान्तरण
पूर्वलडाकुलाई ‘लोकतान्त्रिक योद्धा’ सम्मान गर्दै सरकार 

सरकार बनाउने कुरा सहमतिबाटै : अध्यक्ष प्रचण्ड

चितवन - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका दाहालले आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताउनुभयो । 

संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उहाँले भन्नुभयो, “जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।” प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताउनुभयो । उहाँले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  “कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ ।”
 

चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्यो

काठमाडौँ - गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ । चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ । 

काठमाडौँ जिल्लाबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ । तीमध्ये कतिपय नयाँ निर्माण र कतिपय पुनःस्थापनाको काम भएको कार्यालयले जनाएको छ । सिन्धुपाल्चोक जिल्ला नजिकै पर्ने भोटेचौर, जर्सिङपौवामा सडक निर्माण भइरहेको कार्यालयका प्रमुख कुबेर नेपालीले बताउनुभयो । 

उहाँका अनुसार अहिले काभ्रेस्थली जाने सडकको निर्माण भइरहेको छ । चक्रपथ बाहिरका क्षत्रेमा बूढानीलकण्ठबाट डाडाँगाउँ, भङ्गाल र कपन क्षेत्रमा भइरहेको छ । उहाँले भन्नुभयो, “यीमध्ये धेरै ठाउँमा नयाँ बनाउने नै काम भइरहेको छ ।”

चालू आवमा नै बूढानीलकण्ठ सडकको पुनःस्थापनाको गरिने उहाँले बताउनुभयो । यो सडकमा अहिले नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत गरिरहेको छ । उहाँले भन्नुभयो, “प्राधिकरणले तार भूमिगत गरेर खाल्टा टालेपछि त्यहाँ निर्माणको प्रक्रिया अघि बढाइनेछ ।”

गत आवमा काठमाडौँका मुख्य सडकमा निर्माण वा मर्मतको काम भएकामा चालू आवमा चक्रपथ बाहिर काम बढी भएको देख्न सकिन्छ । मुख्य सडकमा पनि गत आवमा बाँकी ठाउँमा ‘ओभर ले’ गरिने प्रमुख नेपालीले बताउनुभयो । अहिले निर्माणको काम भइरहेको सडकमा दोहोरोपना नआयोस् भनेर अरु निकायसँग समन्वयमा काम गरिरहेको कार्यालयले जनाएको छ । सडक बनाएपछि खन्न नपरोस् भनेर अरु निकायसँगको समन्वयमा काम अघि बढाइएको हो । उहाँले भन्नुभयो, “चक्रपथ बाहिर काम कम देखिने भए पनि बाहिरी क्षेत्रमा काम भइरहेको छ  ।”
 

वैशाख १ मा ४५२ लाई विभूषित गरिँदै

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्नुहुने भएको छ । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन शीतलनिवासमा सुशोभन समारोहमा उहाँहरुलाई विभूषित गर्ने कार्यक्रम रहेको जनाएको छ ।

उक्त समितिमा गृहमन्त्री रामबहादुर थापा, प्राडा मीना वैद्य, प्राडा इन्द्रजीत राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव र उपरथि विनोदकुमार श्रेष्ठ सदस्य तथा सदस्यसचिवमा गृहसचिव महेश्वर न्यौपाने हुनुहुन्छ ।

राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावमध्येबाट  मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम श्रेणीमा १०४ तथा अलङ्कारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्नका लागि सिफारिस भएको थियो । 

यस्तै विभिन्न मुलुकले तीन जना नेपाली राष्ट्रसेवक तथा नागरिकलाई विभिन्न प्रकारका विभूषण प्रदान गर्न स्वीकृतिका लागि सिफारिस भएको थियो । नेपाल सरकार मन्त्रिपरिषदको गत असोज १ गतेको निर्णयानुसार विसं २०७७ असोज ३ गते संंविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये मानपदवी प्राप्त ४५२ जनालाई आगामी वैशाख १ गते विभूषित गरिने समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

चितवनमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु, सात घाइते

चितवन । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् ।

तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो ।
 

बिस्केट जात्राको रथ तान्दा १९ घाइते, मध्यराति ढुङ्गा हानाहान

भक्तपुर । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् ।

आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

हिजो दिउँसो ४ बजेदेखि रथ तान्न शुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भनपा–१० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय दिपेश साँगाछें घाइते भएका छन् ।

घाइतेलाई तत्कालै उपचारका लागि अस्पताल भक्तपुर लगिएकामा कृष्णगोपाल मुलकोटीलाई थप उपचारका लागि थिमीस्थित मध्यपुर अस्पताल सिफारिस गरिएको छ ।

त्यस्तै रथ तान्ने क्रममा ८ बजे भनपा–१ का १८ वर्षीय मनिष सिन्ताकल, भनपा–२ का २२ वर्षीय रमेश माता, भनपा–६ का ३० वर्षीय अमिक त्वायना घाइते भएकामा भक्तपुरमा अस्पतालमा उपचार गरिएको र त्वायनालाई भने शिक्षण अस्पताल महाराजगञ्ज सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ ।

अर्का घाइते भक्तपुर नपा–६ बस्ने २५ वर्षीय सुनिल भुजेलको दाहिने खुट्टा भाँच्चिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ । घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत अन्यको भक्तपुर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीको भनाइ छ ।

अधिकांश रथबाट खसेर, रथ तान्ने क्रममा रथको चक्कामा परेर, डोरीबाट लछारिएर र राति ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेर घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहीबेर ढुङ्गा हानाहान भएको थियो । स्थानीयवासले बीचमै छाडेको रथ आज बिहान पुनः तानेर बिहान ८ बजे गःहिटी पु¥याइएको छ ।

यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उत्रिएपछि भक्तपुर नगरपालिकाले तालिका नै बनाएर दिउँसै जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

रथलाई माथि लगे सुकुलढोकासम्म र तल लगे नासमना भन्दा वरैबाट फर्काएर दिउँसै गःहिटी रथ लैजाने नगरपालिकाको तालिका र आह्वानलाई स्थानीयवासीले बेवास्ता गर्दै मध्यरातिसम्म रथ तान्दा ढुङ्गा हानाहान भएको थियो । भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर शुरु गरिन्छ । विसं अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात् सर्प म¥यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ ।

थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउनुहुन्छ ।

भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा बिस्केट जात्रालाई विश्वजात्रा उल्लेख गरिएको छ भने भक्तपुरको दरबार स्क्वायर नेसं ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख गरिएको उहाँ बताउनुहुन्छ ।

अहिले पनि तलेजुमा बिस्काः जात्राको सङ्कल्पस्वरूप पूजाअर्चनामा विश्वजात्राको उल्लेख गरिन्छ । संस्कृत शब्द विश्वकेतु नै पछि नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्का हुँदाहुँदै हाल बिस्केट जात्रा हुनपुगेको श्रेष्ठको भनाइ छ । बिस्केट जात्रामा भैरवको धेरै चर्चा गरिए पनि यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उहाँको शक्ति भद्रकालीको पनि भएको बताउनुहुन्छ । विश्व भैरवनाथको प्रतीकका रूपमा लिङ्गोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली भएको उहाँको भनाइ छ ।

प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथ मन्दिरबाट भैरवनाथको मूलदेवता र बेतालको मूलदेवतालाई तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी टौमढीमा ल्याएर रथमा बिराजमान गराएपछि विधिवत्रूपमा जात्रा शुरु गरिन्छ ।

देवतालाई रथमा राखेपछि स्थानीयवासीले भैरवनाथको रथको अगाडि र पछाडि राखिएको डोरी तानातान गरेर माथिल्लो क्षेत्र र तल्लो क्षेत्रको बासिन्दाले रथलाई तानेर आ–आफ्नो टोलमा लैजान रथ तान्ने गरिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो । सो रथलाई स्थानीय गःहिटी टोलमा पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन हुने परम्परा छ । रासस

agriculture  development bank
madan bhandari
mangaldeep
mega bank
salt trading corporation

राष्ट्रिय विभूति स्मृति कप भलिबल प्रतियोगिता हुने

काठमाडौँ - प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङल्हामु शेपा स्मृति कप भलिबल प्रतियोगिता आगामी वैशाख ८ देखि १० गतेसम्म खुम्बु पासाङल्हामु गाउँपालिका सुर्केमा गरिने भएको छ । ‘समान र सम्मान हाम्रो चाहना, विभेदरहित समाज हाम्रो परिकल्पना’ भन्ने सन्देशका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा पुरुषलाई गाउँस्तरीय र महिलालाई जिल्लास्तरीय तहबाट सहभागी गराइने छ । 

    यहाँ आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय विभूति पासाङ ल्हामु शेपा स्मृति कप आयोजक समितिका संयोजक जाङबु शेर्पाले खेलकूदका माध्यमबाट त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गरिने बताउनुभयो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः एकला, रु ५० हजार र २५ हजार पुरस्कार तथा ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, रेजर र सटरको छनोट गरी उपहार दिइने छ । कार्यक्रममा समाजिक विकासमा योगदान पु¥याउने अग्रज व्यक्तित्वलाई सम्मानसमेत गरिने जनाइएको छ । 
 

विराटनगर–११ सेमिफाइनलमा, मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
खेलकूद विकासका लागि सरकार अग्रसर छ : मन्त्री तामाङ
चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप आयोजना

अन्तरवार्ता

सबै हेर्नुहोस

जापान–नेपाल सम्बन्ध थप उचाइमा पुर्याउन प्रयत्नशील रहनेछु : जापानी राजदूत किकुता

अराजनीतिक आरोपपत्र निःशर्त फिर्ता भए विवाद सकिन्छ : नेता रिमाल

हिजो भारतले आफूलाई बोस ठान्थ्यो होला, तर आज ठान्दैन : प्रधानमन्त्री (अन्तर्वार्ता)
नेकपाबाट मधेशी महिलामन्त्री बन्ने म पहिलो – जुली महत्तो
अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल
नीतिगत व्यवस्था नहुँदा विप्रेषणको उपयोग गर्न सकिएन–तारानाथ आचार्य
nepal oil corporation
pashupati bikash kosh
worldlink
yeti airlines
corona province 1
global ime
माधव कमरेड, ओलीका समर्थक सबै ‘दास’ नै हुन ?  
जनताको बहुदलीय जनवादको तेहौं विशेषता : नेतृत्व र अधिनायकत्व
एमाले विवाद : दुई लाईन संघर्ष कि पदको झगडा ?
पूर्वप्रमहरु ओलीको विरोधमा, ओली विकासको अभियानमा    

उहिलेका केपीले देखेको सपना अहिलेका केपीबाट साकार 

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानीको औपचारिक उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट भयो । पानीको अभावमा मुर्झाएर काकाकुल बनेका काठमाडौंबासीका सवै सपनालाई मेलम्चीको पानीले हराभरा बनाईदियो । सपनाहरु कुनै दिर्घकालिन हुन्छन त कुनै तात्कालिन । आजभन्दा ३० बर्ष अगाडि तत्कालीन सन्त नेता कृष्णप्रसाद (केपी) भटटराई ले सपना देख्नुभयो । मेलम्चीको पानी काठमाडौं झार्ने । उहाँको यो सपनालाई उडाउनेहरु  प्रसस्तै थिए । आज त्यो सपना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ ईच्छा शक्ति र अठोटका कारण काठमाडौंका धारामा बगेको छ । 

हिजो सपना नदेखेको भए, आज पानी आउने थिएन । आजका प्रधानमन्त्री केपी ओलीले नेपाली जनताको सुख र समृद्धिका लागि थुप्रै सपनाहरु पस्किनुभएको छ । विरोधीहरु उहाँका सपनालाई उपहासको बिषय बनाउँछन् तर तिनीहरुले के बुझनु जरुरी छ भने, जसले महान सपना देख्दैन उ महान राजनेता बन्न सक्दैन । केपी ओलीले मुलुकलाई समृद्ध र मुलुकको ऐतिहासिक गरिमालाई उच्च बनाउन देख्नुभएका सपनाहरु मध्ये रानीपोखरी, दरबारहाईस्कुल र धरहराले नयाँ अवतार लिईसकेका छन् । उहाँले मुलुकलाई रेल, राजमार्ग, सुरुङ्गमार्ग, पानीजहाज विभिन्न विमानस्थल निमार्णको सपना देखाउनुमात्र भएन ती सपनाहरुलाई साकार पार्ने अभियान नै आरम्भ  गरिसक्नुभएको छ । 

आज काठमाडौं गद्गद् छ । खानेपानीको दीर्घकालिन समस्या आजदेखि नै काठमाडौंबाट विदा भएको छ । आजको दिन ऐतिहासिक दिनका रुपमा दर्ज हुने निश्चित छ । दृढ ईच्छा शक्ति भएको नेतृत्व मुलुकले पाउँदा देशमा विकासका लहरहरु कसरी लहराउछन भन्ने लक्षण समेत अहिले देखिरहेका छन् । हो, मेलम्चीको पानी आउन केहि ढिला अवस्य भएको हो, उक्त मन्त्रालयमा कामगर्ने कतिपय मन्त्रीहरुको विविध स्वार्थका कारण र मुलुकको अस्थिर राजनीतिक नेतृत्वका कारण नै यो छिटो सम्पन्न नभएको हुनुपर्दछ । काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने आजको समारोहको उद्घाटन् राष्ट्रपतिबाट हुनुले पनि यो कति गौरवमय र ऐतिहासिक कार्य हो भन्ने पुष्टि भएकै छ । 

यस उपलब्धीका लागि प्रधानमन्त्री, खानेपानी मन्त्रालय, र सम्बद्ध सवैपक्ष धन्यवाद र प्रशंसाका पात्र हुनुहुन्छ । मुलुकका आगामी गौरवमय योजनाहरु समेत यसैगरि दु्रतगतिमा सम्पन्न हुँदै जाउन र प्रधानमन्त्री केपी ओलीले देख्नुभएको ‘सुमृद्ध नेपाल र सुखी नेपाली’को सपना साकार हुने तर्फ मुलुक तिब्ररुपमा अघि बढोस ।

सम्पादकीय

सबै हेर्नुहोस
इतिहास निमार्णका लागि निर्मला शर्मा
कोरोनाको ‘हटस्पट’ नबनोस विद्यालय
राष्ट्रपतिको बंगलादेश भ्रमणले जगाएको आशा
राष्ट्रपति विरुद्धको नारा, विकृत मनस्थितिको उपज

सूचना प्रविधि

सबै हेर्नुहोस
अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं ।  देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय भई पहाडी भू–भागमा वर्षाको सम्भावना देखिएको हो । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यातया सफा रहेको छ । 

दिउँसो देशका प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । 

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव सात डिग्री र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम माइनस एक दशमलव नौ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । 


वाग्मती प्रदेशसभाको बैठक यही चैत २४ गते बस्ने

मकवानपुर । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते दिनको १ः०० बजे पुनः बस्ने भएको छ । 

गत माघ ७ गतेदेखि शुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि माघ ९ गते छलफल गरी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले रासससँग आज सङ्क्षिप्त कुराकानी गर्दै आज बसेको कार्यपरामर्श समितिको बैठकले यही २४ गते दिनको १ः०० बजे बस्ने बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव सम्बन्धित पक्षले फिर्ता लिएको विषयमा जानकारी दिने तथा सार्वजनिक सडक र सरोकारसँग सम्बन्धित विधेयक २०७७ र प्रदेश पर्यटन विधेयक २०७७ माथि छलफल प्रारम्भ हुने बताउनुभयो ।
 
उहाँले प्रदेश सरकारले ल्याउने राष्ट्रिय सरोकारका विषयसँग सम्बन्धित विधेयकसहित करिब एक हप्तासम्म बैठक सञ्चालनमा ल्याइने पनि जानकारी दिनुभयो । 

मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वासका प्रस्तावक अरुणकुमार नेपालसहित समर्थक हुनुभएका सदस्यले यही चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिने भन्ने निर्णय भएअनुसार प्रदेशसभा सचिवालयमा यही चैत १८ गते अपराह्न प्रस्ताव फिर्ता लिएको सूचना दर्ता गरिएको थियो ।
 
प्रदेशसभामा तत्कालीन सत्तारुढ दल नेकपाका ८० सदस्य हुनुभएका भएता पनि हालै सर्वोच्च अदालतको फैसलाअनुरुप अहिले सत्तारुढ नेकपा (एमाले)मा ५७, प्रमुख प्रतिपक्ष दलका रुपमा नेकपा माओवादी केन्द्रमा २३ र नेपाली काँग्रेस २२ सदस्यका रुपमा स्थापित भएको छ ।

यसैगरी साझा विवेकशील दलतर्फ तीन, नेपाल मजदुर किसान पार्टी दुई, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य गरी कूल ११० प्रदेशसभाका सदस्य हुनुहुन्छ । 
 


पाँचखालमा ‘जियोफिजिकल सर्भे’, पुरातात्विक सम्पदाको प्रचुर सम्भावना   

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) को काम सकेको छ ।

विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गरेको सर्भेबाट ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाएको छ ।    
    
पाँचखाल–७ स्थित सिमाली, बासुकी स्थान, माल्टार, कन्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासको क्षेत्रमा सर्भे गरिएको विभागका पुरातत्व अधिकृत विष्णु पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेलायतस्थित दुरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–६ को भमरकोटसहित वडा नं ७ को विभिन्न स्थानमा तीन दिन सर्भे गरेको हो । “सर्भे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको छ, डाटा एनालाइसिसपछि सर्भेको विस्तृत प्रतिवेदन विज्ञ टोलीले केही समयपछि दिनेछ”, पाठकले भन्नुभयो ।    
    
दुई बेलायती विज्ञ र पुरातत्व विभागका दुई प्रतिनिधिद्वारा बिहीबार शुरु गरिएको पाँचखालको सर्भे शनिबार सकिएको हो । पाँचखालमा बेलायती सर्भे मेसिन र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्भे गरिएको पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन–जुन सम्भावित सङ्केत भनिएको क्षेत्रमा सर्भे गरियो, अधिकांशतः सोही स्थानमा सम्भावना देखिएको छ ।” उहाँका अनुसार प्रतिवेदन आएपछि पाँचखालमा थप उत्खनन गर्नुपर्ने देखिएको छ ।    
    
पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन नेपालका अन्य क्षेत्रसहित पाँचखालमा जियोफिजिकल सर्भे गरिएको विभागका निर्देशक दामोदर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि विभागले संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)लाई गत असार (सन् २०२०, जुन २९)मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको थियो ।

पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्भे गर्न बेलायतस्थित दुरहाम विश्वविद्यालयका आठ सदस्यीय विज्ञ टोली मार्च पहिलोसाता नेपाल आएको थियो ।    
    
गौतमका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो ।

टोलीले कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको थियो । टोलीले मुलुकका छ जिल्लाका विभिन्न स्थानमा सर्भेको काम सकेको छ भने तिलौराकोटमा उत्खनन भइरहेको विभागले जनाएको छ । कपिलवस्तुको तिलौराकोटबाहेक लम्किया र चेत्रादेही क्षेत्रमा सर्भे गरिएको थियो ।    
    
काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्भे गरेको जनाएको छ । सर्भे मेसिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ ।

पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ ।     
    
उत्खननका क्रममा भेटिएका अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको छ । श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानीको पाइप लाइन भेटिएको थियो । साथै स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।    
    
खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसमेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै आएको छ ।

कार्यालयले विसं २०७६ मङ्सिर २९ गते नै सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विभागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो ।    

तस्बिर : श्री कृष्ण धिमाल 


धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली

लन्डन । बेलायतका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेका छन् । 

टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ ।

ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन हुनुहन्छ । उक्त ट्रष्टले संसारका ७८ देशमा करिब ८०० स्वास्थ्यकर्मी र विज्ञबाट परामर्श दिइरहेको छ । स्वीनफेन च्यारिटीको संरक्षक प्रिन्सेस आन हुनुहुन्छ ।

धादिङको विकट रुबी भ्याली, गङ्गाजुमना, खनियाबास र नेत्रावती डेम्बजोङ गाउँपालिकामा टेलिमेडिसिन सेवा लैजाने सम्बन्धमा शनिबार सरोकारवालाबीच छलफल भएको छ ।

गैरआवासीय नेपाल सङ्घ ९एनआरएनए० यूकेको पहल र आइसीसी सदस्य रामशरण सिम्खडाको संयोजनमा आयोजित उक्त छलफल कार्यक्रममा ट्रष्टका निर्देशक र सहनिर्देशक, धादिङका सांसद खेम लोहनी, प्रदेशसभा सदस्य जगत्बहादुर सिम्खडा, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, पर्वत फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा, ट्रष्टका ट्रष्टीहरु क्याथरिन डेभिस र मेजर ह्यू बार्डेल, धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष सिबी तामाङ, महासचिव धन तामाङ, सल्लाहकार मेजर विष्णु घले, अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष एनके अर्याल, वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ, महासचिव प्रमोद भट्ट, डा भरत सिम्खडा, डा इन्दिरा रेग्मीलगायतको सहभागिता थियो ।

छलफलपश्चात रामशरण सिम्खडाको संयोजकत्वमा एनआरएनए यूके अध्यक्ष गुरुङ, लेफ्टिनेन्ट चन्द्र गुरुङ, धादिङ नुवाकोट समाज यूकेका धन तामाङ र अन्तर्राष्ट्रिय धादिङ समाजका वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ सदस्य रहेको एक सञ्चालक समिति । उक्त समितिमा सांसद लोहनी, प्रदेशसभा सदस्य सिम्खडा र प्रा पदम सिम्खडा सल्लाहकार हुनुहुन्छ ।

एक साताभित्रै सञ्चालक समितिको बैठक बसेर कार्ययोजनासहित यथाशक्य सेवा शुरु गर्ने लक्ष्य रहेको संयोजक सिम्खडाले बताउनुभयो । सम्बन्धित क्षेत्रमा विद्युत्, मोबाइल, कम्प्युटर, इन्टरनेटलगायतका आवश्यक आधारभूत पूर्वाधारहरु तयार भएलगत्तै सेवा सञ्चालन गर्ने योजना बनाइएको छ ।

कार्यक्रममा सांसद तथा प्रदेशसभा सदस्यले नेपाल सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको  थियो । धादिङको उत्तरी भेगका अन्य गाउँपालिकामा पनि सेवा लैजान आग्रह गर्दै जनप्रतिनिधिले भौतिक संरचनाको जिम्मा आफूहरुले लिने बताउनुभयो ।

स्वीनफेनको टेलिमेडिसिन सेवा नेपालमा पहिलोपटक पर्वतको चार भञ्ज्याङ क्षेत्रमा आठ वर्षदेखि सञ्चालनमा छ । नेपालका अरु केही ठाउँमा पनि स्वीनफेनको यो सेवा उपलब्ध छ ।

कार्यक्रममा चारभञ्ज्याङ तमु समाजका सल्लाहकार मेजर कृष्ण गुरुङ, क्याप्टेन देउ गुरुङ, तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङले आफ्नो परियोजनाबारे अनुभव सुनाउनुभएको थियो ।


मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन   

मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन   

 बलेवा ।   बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।    

गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ ।

रातिदेखि शुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा नआएको हो । क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । फर्निचरका सबै सामग्री जलेका छन् ।रासस     


स्त्री रोगसम्बन्धी स्वास्थ्य शिविर

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा चैत २० गतेबाट सञ्चालन भएको स्त्री रोगसम्बन्धी स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ ।

वडा एकदेखि पाँचसम्म रहेको गाउँपालिकामा तालीम प्राप्त स्वास्थ्यकर्मीबाट ९८ को भिडियो एक्सरे र ६६ लाई इम्प्लान्ट सेवा प्रदान गरिएको थियो ।
 
गाउँपालिकाको आयोजनामा एक हप्तासम्म सञ्चालन भएको शिविरमा प्रत्येक वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको सोही गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिनुभयो ।  

वडा एक लाली स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवाबाट ३३ गर्भवती, इम्प्लान्ट १३, वडा दुई र तीन थाली, राया स्वास्थ्य चौकीमा भिडियो एक्सरे २५, इम्प्लान्ट सेवा २९ लाई प्रदान गरिएको छ । 

शिविरमा जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट खटिएका डाक्टर डियर गजमेर र सिनियर अनमी सरिता बोहराले गाउँमै पुगेर सेवा प्रदान गर्नुभएको थियो ।      

साथै शिविरमा महिलाको पाठेघर, गर्भवती, परिवारनियोजनको अस्थायी साधन तथा अन्य स्त्रीरोगको परीक्षण, उपचार तथा परामर्श दिइएको शिविरमा खटिएका सिनियर अनमी  बोहराले जानकारी दिनुभयो ।रासस 


जात्राका लागि नगरपालिकाद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण

भक्तपुर । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ । 

जात्राबाट कोरोना सङ्क्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण शुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । 

नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको उहाँको भनाइ छ ।
 
सङ्घीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट भक्तपुर नगरपालिकामा सञ्चालित कोभिड–१९ सङ्क्रमण रोकथामका लागि नगरपालिकाले स्वयंसेविका परिचालन गरी घरघरमा गएर स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ । 


फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय रोक्न सर्वोच्चको आदेश

पर्वत  । पर्वतको फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय तत्कालका लागि रोक्का गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको नगरपालिकाको केन्द्र परिवर्तन गर्ने नगर कार्यपालिकाले गते पुसमा निर्णय गरेको थियो । 

नगर कार्यपालिकाको बैठकले अहिले सञ्चालनमा रहेको नगरकार्यपालिकाको कार्यालय फलेवास–५ कै झकलकमा सार्ने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त निर्णयलाई रोक्का गर्न आदेश दिएको हो । नगर प्रमुखसहितको बैठकले स्थान परिवर्तनसहित प्रमुख प्रशासकीय भवन निर्माण गर्ने निर्णय गरेपछि उपप्रमुख मन्जु अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

अहिलेको कार्यालय खानीगाउँकै पिप्लेमा रहेको फलेवास सिँचाइ आयोजनाको कार्यालयमा रहेको छ । नयाँ स्थानान्तरण हुने झकलक झण्डै एक किलोमिटरको दूरीमा रहेको छ । झकलकमा ६० दशमलव आठ रोपनी जग्गा उपलब्ध भएको छ ।

उक्त जग्गामध्ये अधिकांश स्थानीयवासीले नगरपालिकालाई अनुदानस्वरूप दिएका हुन् । जम्मा तीन रोपनी क्षेत्रफलमा रहेको सिँचाइको भवनमा कार्यालय सञ्चालन गर्न समस्या भएको र आफ्नो स्वामित्वमा नभएका कारण अन्य भौतिक पूर्वाधारसमेत थप गर्न कठिनाइ भएपछि नयाँ स्थानमा केन्द्र र प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्वोच्चको आदेशसँगै तत्काललाई परिवर्तनको प्रक्रिया रोकिएको र नयाँ कार्ययोजनाका साथ अघि बढ्ने बताउनुभयो । 

उहाँका अनुसार नगरपालिकाको मुख्य प्रशासनिक भवन, विषयगत शाखाका भवनसहित बजार क्षेत्रको विस्तारलगायत नगरपालिकाको केन्द्रका लागि आवश्यक पूर्वाधार झकलकमा निर्माण कार्य अघि बढाइने योजना रहेको थियो ।

मुख्य प्रशानिक भवन निर्माणको काम चालु आर्थिक वर्षभित्रै शुरु गरिने योजना कार्यपालिकाको थियो भने भवन निर्माणका लागि बोलपत्रसमेत आह्वान भइसेकेको थियो । 

नगरपालिकाको केन्द्र साविकको ठाउँबाट अन्यत्र लैजानबारेमा अहिले भइरहेको कार्यालय वरिपरिका बासिन्दाले भने विरोध गरिरहेका थिए । उनीहरुले गएको असारमा नगरपालिका घेराउसमेत गर्दै भइराखेको स्थानमा कायम गर्न माग गरेका थिए ।

केन्द्र स्थानान्तरणको निर्णयमा नगर उपप्रमुख मन्जु अधिकारीले भने असहमति जनाउँदै आउनुभएको थियो । उहाँले आवश्यक छलफल र तयारीबिनै सार्न लागिएको भन्दै निर्णयमा असहमति जनाउनुभएको थियो ।रासस 
 


स्वस्थ्य, शिक्षा

सबै हेर्नुहोस
निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा ९४८ जनाको उपचार

निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा ९४८ जनाको उपचार

खोटाङ ।  दिक्तेलमा सम्पन्न तीनदिने निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा करिब एक हजार आँखाका बिरामीले सेवा लिएका छन् ।

दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङमा आयोजना गरिएको आँखा उपचार शिविरमा १४२ को शल्यक्रिया, १३५ लाई चश्मा वितरण तथा ८०४ जना आँखाका बिरामीले साधारण उपचार र निःशुल्क औषधि पाएका छन् । 

यही चैत २६ गतेदेखि सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा जिल्लाका २०० ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मासमेत वितरण गरिएको जनाइएको छ ।

नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा खोटाङको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । 

उपचारमा आएका बिरामीलाई खाना तथा बासको समेत व्यवस्था गरिएको शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा महेश्वर चौधरीको नेतृत्वमा १३ स्वास्थ्यकर्मीको टोली आएको थियो ।

शिविरमा आएका अधिकांश आँखाका बिरामीमा मोतियाविन्दुको समस्या देखिएको आयोजक नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूले जानकारी दिनुभयो । 

आफ्नै जिल्लामा निःशुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन भएपछि आँखाका बिरामी लाभान्वित भएका छन् । विगत चार वर्षदेखि मोतियाविन्दुका कारण बन्द रहेको आँखाले शल्यक्रियापछि देख्न थालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ९० वर्षीया रामशोभा राईले बताउनुभयो ।  

दिक्तेलमा आयोजना गरिएको शिविरमा जिल्लाका १० वटै स्थानीय तह तथा छिमेकी जिल्ला भोजपुरका बिरामीसमेत सहभागी भएको आयोजकले जनाएको छ । शिविरमा जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङसहित विभिन्न सङ्घसंस्थाका पदाधिकारीले स्वयंसेवकका रूपमा सहयोग गरेका थिए । यसअघि रावाबेँसी गाउँपालिकामा आयोजना गरिएको शिविरमा ७२५ जनाको उपचार गरिएको थियो । गाउँपालिकाको आर्थिक सहयोगमा यही चैत २१, २२ र २३ गते सञ्चालन गरिएको शिविरमा ४२ जनाको शल्यक्रिया गरिएको जनाइएको छ । 

नेत्रज्योति सङ्घले जिल्लाका अन्य स्थानीय तहमा समेत यसै वर्ष निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविर सञ्चालन गरेको थियो । विसं २०६० मा स्थापना भएको सङ्घले हरेक वर्ष जिल्लामा निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविर सञ्चालन गर्दै आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आँखा बिरामीको सङ्ख्या ४४ हजारभन्दा बढी रहेको जनाइएको छ । नेत्रज्योति सङ्घअन्तर्गत आँखा अस्पतालले आर्थिक वर्ष २०७६÷७७ गरेको ¥याप सर्वेक्षणमा उक्त तथ्याङ्क देखिएको हो । 

तथ्याङ्कानुसार जन्मजात दृष्टिदोष, बालअन्धोपन, मोतियाविन्दु, जलविन्दु, खस्रेरोग, भिटामिन एको कमी, रतन्धोलगायतका समस्या देखिएका छन् । विसं २०६८ को जनगणनाअनुसार खोटाङको कूल जनसङ्ख्या दुई लाख छ हजार ३१२ रहेको छ । रासस 


स्वास्थ्य शिविर आयोजना ,  १ सय ३५ महिलाको स्वास्थ्य परीक्षण

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा रहेको ‘नहुँदा’ महिला स्वास्थ्य क्लिनिकको प्राविधिक सहयोग तथा ‘नहुँदा’ स्वास्थ्य महिला समूहको आयोजनामा महिलाको पाठेघर, स्तन क्यान्सरसँग सम्बन्धित रोगको परीक्षण गरिएको छ ।

शनिबार आयोजित शिविरमा १३५ महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो ।    
    
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख लिसा नकर्मी, सामाजिक विकास अधिकृत रश्मी कर्माचार्य श्रेष्ठको संयुक्त टोलीले शिविरबारे जानकारी लिएको थियो ।

सो कार्यक्रमलाई चन्द्रागिरि नगरपालिकाले आर्थिक सहयोगमा गरेको थियो ।     


ताप्लेजुङको ६१ वडामा स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत

फुङ्लिङ । ताप्लेजुङको  ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको छ  । 

स्वास्थ्य बीमा बोर्ड स्थापना भएको पाँच वर्ष पुगेको अवसरमा एकैपटक पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको स्वास्थ्य बीमा बोर्डका प्रदेश नं १ संयोजक दुर्गाप्रसाद आचार्यले बताउनुभयो । 

ताप्लेजुङसहित दोलाखा, बारा, सर्लाही, मनाङ र मुस्ताङ जिल्लामा एकैपटक कार्यक्रम सञ्चालन भएको आचार्यले बताउनुभयो । उहाँका अनुसार बोर्ड स्थापना भएको पाँच वर्षमा ७५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुुर्याउन सफल भएको छ ।

ताप्लेजुङका नौ स्थानीय तहको प्रत्येक वडामा एक जना दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा कार्यक्रम सञ्चानल हुने आचार्यले बताउनुभयो । ताप्लेजुङमा नौ स्थानीय तह र ६१ वडा छन् । 

प्रत्येक वडामा एक दर्ता सहयोगी छनोट गरिएर ६१ दर्ता सहयोगीको बिहीबारदेखि सदमुकाम फुङ्लिङमा तीनदिने अभिमुखीकरण तालिम सञ्चालन हुँदै गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी आइतबारदेखि दर्ता सहयोगीले ताप्लेजुङको सबै वडा गएर स्वास्थ्य बीमाको महत्व बुझाउँदै बीमा दर्ता कार्याक्रमलाई अगाडि बढाउने छन् । 

सिरिजङ्घा गाउँपालिका, मैवाखोला गाउँपालिका र ताप्लेजुङ जिल्ला अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य बीमा कार्यक्रममा सहभागीहरुको स्वास्थ्य सेवा उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख राजकुमार पोखरेलले बताउनुभयो । आकस्मिक उपचारका लागि बोर्डसँग सम्झौता गरेको जुनसुकै अस्पतालमा उपचार सेवा पाउने पोखरेले बताउनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनका लागि स्वास्थ्य बीमा गर्दा पाँच जनासम्म सदस्य भएका परिवारले प्रतिपरिवार वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी सदस्य भएमा रु तीन हजार ५०० बाहेक प्रतिसदस्य थप रु ७०० रकम लाग्ने पोखरेलले बताउनुभयो । 

अतिविपन्न परिवार, महिला स्वास्थ्य स्वयंसेविका, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, क्षयरोग लागेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको हकमा भने निःशुल्क तथा ५० प्रतिशतसम्म कम शुल्क लाग्ने व्यवस्था रहेको पोखरेलले बताउनुभयो । 

स्वास्थ्य बीमा कार्यक्रममा एक लाख २७ हजार ४६१ ताप्लेजुङका नागरिक प्रत्यक्ष लाभान्वित हुने जिल्ला स्वास्थ्य कायालयले अपेक्षा लिएको छ ।रासस 


आस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्य निकै दुर्लभ रहेको युरोपेली नियामकको निष्कर्ष

काठमाडौँ । कोरोना भाइरस विरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एकदमै दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले जनाएको छ।

बिबिसीका अनुसार युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिका जोखिमभन्दा फाइदा बढी रहेको निष्कर्ष निकालेको छ।

उक्त प्रतिवेदनले करिब २ करोड ५० लाख युरोपेलीहरूलाई दिइएको खोपबारे तथ्याङ्क केलाएको थियो।

ईएमएले जोखिमका निश्चित कारक भने सूचीकृत गरेको छैन तर रगत जमेको अधिकांश अवस्था ६० वर्ष मुनिका महिलाहरूमा देखिएको बताइएको छ।

यूकेको खोपसम्बन्धी निर्देशन समितिले रगत जम्ने समस्याका कारण ३० वर्ष भन्दा मुनिका मानिसहरूलाई आस्ट्राजेनेकाको सट्टा अन्य खोप दिइनुपर्ने बताएको छ।

यूकेमा मार्च महिनाको अन्त्यसम्ममा खोप लगाएका ७९ जनामा रगत जम्ने दुर्लभ समस्या देखिएको थियो जसमध्ये १९ जनाको मृत्यु भयो।

विश्व स्वास्थ्य सङ्गठनले बुधवार रगत जम्ने समस्याको "सम्भावना रहे पनिुु त्यसको पुष्टि नभएको र विश्वव्यापी रूपमा २० करोड मानिसहरूले आस्ट्राजेनेका खोप लगाएकामा त्यस्तो समस्या भने निकै दुर्लभ रहेको जनाएको छ।

हालसम्म विश्वव्यापी रूपमा कोरोना भाइरसबाट १३ करोड २० लाख मानिसहरू सङ्क्रमित भएका छन्। जोन्स हप्किनस् विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट २८ लाखभन्दा बढीले ज्यान गुमाएका छन्।