बाग्लुङ - गोरु काटेको अभियोगमा गल्कोट नगरपालिका-११ ठुलपोखरी बस्ने ३१ वर्षीय विष्णु श्रीष लगायत १० जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

गोरु काटी मासु खाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले उनीहरूलाई ६ केजी गोरुको मासु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।