काठमाडौं–  यता, माधवकुमार नेपालको बुढानिलकण्ठ र खुमलटारको यात्रा जारी छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने एकसुत्रीय मिसन छ । प्रधानमन्त्रीबाट ओलीलाई हटाएर माधव नेपालको हो भन्ने देखाइदिने सार्वजनिक उद्घोष छ ।

माधव कमरेड ठान्नुहुन्छ– १५ बर्ष पार्टीको महासचिव भएको व्यक्तिलाई चानचुने ठान्ने ? म देखाइदिन्छु, ओलीलाई सिध्याउँछु, एमाले पनि सिध्याउँछु ।’ उल्लेख नै नभएको चुरेबारे अन्य चार पूर्बप्रधानमन्त्रीसँग गठजोठ गरेर माधव नेपाल भन्नुहुन्छ – घरमा आगो लगाएर खरानी बेच्ने ?’ जवकि बजेटको बुँदा १९९ मा चुरे कतै उल्लेख छैन । 

तर यता कामगर्दै हुनुहुन्छ– एमालेमा आगो लगाएर खरानी धसी कमण्डलु बोकी देउवा र प्रचण्डकोमा माग्नपुग्ने । अहिले माधव नेपालको राजनीति बनाउने होइन, बिगार्नेमा केन्द्रित छ । शायद, त्यहीभएर उहाँ अव आफ्नो समुहमा समेत निम्छरो बन्नुभएको छ । यता, देउवाको पक्षमा राष्ट्रिय र अन्तराष्ट्रिय लबिङमा लाग्नुभएका माधव नेपाललाई पूर्बदेखि कर्णालीसम्मले सन्देश दिएका छन्– हामीपार्टी बिभाजनको पक्षमा छैनौं । हामी एमाले हौं, एमाले छाड्दैनौं । पार्टीमै बस्छौं, पार्टीमा सघर्ष गर्छौ तर विपक्षीलाई बोकेर हिड्दैनौं ।’

प्रदेश १ बाट एमाले केन्द्रीय सचिव भीम आचार्यले सन्देश दिनुभयो, पार्टी एक ढिक्काभयो, प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भयो । उहाँ भन्नुहुन्छ– यो एउटा संकेत हो, पार्टी एकताका लागि जुनसुकै कदम उठाउन तयार छौं । तर विपक्षीलाई सहयोग गर्ने राजनीति गर्दैनौं ।’ केन्द्रमा कसले के गर्छ भन्ने आफूलाइ मतलव नभएको तर प्रदेशमा पार्टी एक रहने र त्यसले अन्तत केन्द्रलाई पनि दवाव पुग्ने उहाँको धारणा छ । 

त्यस्तै, बागमति प्रदेशमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि पार्टी एकताका लागि प्रदेशमा एमाले एक भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ– कसैको दवाव होइन,  हामी आफैंले एमाले एक रहनुपर्छ भनेर एकिकृत रुपमा प्रदेश सभामा प्रस्तुत भएका हौं ।’ 
भीम आचार्य र अस्टलक्षी शाक्यदुबै पार्टीमा धेरै योगदान गरेका नेताहरु हुनुहुन्छ । आवश्यकपर्दा, पार्टी एकताका लागि शेरधन राइ र डोरमणि पौडेलहरुका ठाउँमा उहाँहरुलाई जिम्मेवारी दिनपनि तयार हुनुपर्छ ।

त्यस्तै, कर्णालीमा यमलाल कडेल र प्रकाश ज्वालाहरुले पार्टी एक रहेको सन्देश दिनुभएको छ । त्यहाँ एमाले संसदीय दल एक छ । मुख्यमन्त्रीका लागि यमलाल कडेल तयार नै हुनुहुन्छ र उहाँलाई सहयोग गर्न प्रकाश ज्वालाहरु लाग्नुपर्छ । 

आवेग र उत्तेजनाको राजनीतिले सकारात्मक परिणाम दिंदैन ।  पार्टीका दुबै  पक्षमा अतिवादी, अवसरवादी र अराजकवादीहरुको कमी छैन । तीनको काम नै पार्टी भँडुवाको कामगर्ने हो । त्यस्ता अतिवादी र अवसरवादीलाई साधरण सदस्यबाट समेत निश्कासित गर्नुपर्छ । हुँदाखाँदाको पार्टी र सरकार सिध्याउने खेलमा लाग्नेहरुलाई ठेगान लगाउनुपर्छ । 

प्रधानमन्त्री ओलीले ६ बुँदे प्रस्तावमा जेठ २ मा फर्कन तयार रहेको बताउनुको अर्थ एकताकालागि प्रदर्शन गरेको लचकता हो । अव एमाले जेठ २ मा फर्कनुपर्छ र सबै मिलेर अघि बढ्नुपर्छ । माधव नेपाल र भीम रावल आउनुहुन्न भने पर्खनु पर्दैन । आउनुहुन्छ भने स्वागत नै गर्नुपर्छ । प्रदेशबाट आरम्भ भएको एकता अभियानले छिटै देशभर एमाले एकिकृत बनाउनेछ । त्यसपछि फेरी निर्वाचनबाट एमाले सत्ता पाँच बर्षका लागि स्थापित हुनेछ । समृद्ध नेपाल, सुखी नेपालीको अभियानले मुर्तरुप पाउनेछ ।