काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असार १५ देखि जनकपुर–जयनगर रेल सञ्चालनका लागि तयारी गर्न रेल विभागलाई निर्देशन दिनुभएको छ ।

पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँग सोमबार छलफल गर्ने क्रममा मन्त्री नेम्वाङले आवश्यक तयारी सकेर असार १५ गते प्रधानमन्त्रीबाट रेलको उद्घाटन गर्नेगरी काम गर्न निर्देशन दिनुभएको हो । लकडाउन खुल्नेबित्तिकै छिटो जनकपुर–जयनगर रेल सञ्चालन गर्नु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसका लागि चाहिने के–के हो बुँदागत रुपमा तयारी गर्नुस्, १५ गते प्रधानमन्त्रीलाई लगेर रेल उद्घाटन गर्ने हो लकडाउन पूर्णरुपमा खुल्दा । भएन भने भर्चुअलबाट पनि हुन्छ ।’