काठमाडौं - ​​​​​​​ नेपालमा थप  २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा ९ हजार ४३८ पीसीआर परीक्षण र ५ हजार ३८१ एन्टिजेन परीक्षणबाट कुल  २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप  ५ हजार १४७ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ६५ हजार ८०४  रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  ५३ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल ८ हजार ४ सय ६५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।