बैतडी । धनगढी । बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनाःमा  ६ जना घाइते भएका छन् । से १ ज १८३ नम्बरको जिप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेश्रमा दुर्घटनामा परेको हो ।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको  जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटनामा परेकाे हाे  ।

मृतक सबै वडा नम्बर–६ कै स्थानीय  हुन् । दुर्घटनामा परी घाइते ६ जनालाई उपचारको लागि जिल्ला अस्पतात बैतडी ल्याइँदै छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारी रहेको प्रहरीले जनाएको छ ।