नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । 

कोरोनाबाट भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेका थप १० जनाको मृत्यु भएको हो । मृत्यु हुनमा बाँकेका ८ जना छन् भने बर्दिया र कैलालीका एक/एक जना ररहेका छन् ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्- १० का ६१ वर्षीय पुरुष, बारबर्दिया-६ बर्दियाका ४७ वर्षीय पुरुष, टिकापुर- २ कैलालीकी ४८ वर्षीया महिला,  नेपालगन्ज -६ का ३४ वर्षीय पुरुष, नेपालगन्ज -१८ की ५६ वर्षीया महिला, नेपालगन्ज- ३ का ५२ वर्षीय पुरुष, नेपालगन्ज -१२ की ६० वर्षीया महिला, नेपालगन्ज- १० की ५४ वर्षीया महिला तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर- १० बाँकेकी २७  वर्षीया महिला र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचाररत नेपालगन्ज- ६ का ५४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो । 

योसँगै कोरोनाबाट बाँकेका १ सय ६९ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १सय ३० जनाको मृत्यु भएको छ ।