काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा कुनै सत्यता नरहेको बताएको  छ।  शुक्रबार एक सूचना जारी गरी मन्त्रालयले सेरम कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै खोप ल्याइने जानकारी दिएको छ।

‘कोभिसिल्ड खोप खरिदबारे समाचारहरूको सन्दर्भमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ,खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैले निर्णय गर्ने भएकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरि आएका समाचारहरुमा सत्यता नरहेको समेत सर्वसाधरणमा जानकारी गराइन्छ,’सूचनामा भनिएको छ।