काठमाडौँ, २६ चैत - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजारले बढेर प्रतितोलामा ८९  हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।