काठमाडौं । काठमाडौंको नयाँ बसपार्कको एक होटलमा एक युवा मृत अवस्थामा फेला परेका छन् । बसपार्क नजिक रहेको मित्रनगरको एक होटलमा  युवकको शव फेला परेको हो ।

शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । 

मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको प्रहरीले जनाएको छ । मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।