काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरमा रहेको गोदावरी सन्तोषी गेष्टहाउसमा एकजना युवकको शव फेला परेको छ। 

गएराति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए। मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको प्रहरीले जनाएको छ ।

मृतकको उमेर करिब ३० वर्षको हाराहारीमा रहेको उनले बताए। 

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। घटनाको अनुसन्धान गर्नका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेको प्रहरीले जनाएको छ ।