काठमाडौं । काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ । बिहान १० बजदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । निभाउनका लागि दमकल परिचालन गरिएको छ ।

हेलिकोप्टरबाट पनि पानी हालेर निभाउने प्रयास भइरहेको छ ।