काठमाडौं । काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको लागेको आगो निभाउन यतिबेला हेलिकप्टरबाट आगो निभाउने प्रयास गरिएको छ । बिहान १० बजदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा नआएपछि हेलिकप्टरले पानी ओसारेको हो । विहान आगो निभाउनका लागि दमकल परिचालन गरिएपनि नियन्त्रण नभएपछि हेलिकोप्टरबाट पनि पानी हालेर निभाउने प्रयास भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बताउनुभयो । उहाँका अनुसार हेलिकोप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको छ ।