काठमाडौं । नयाँ सरकार निर्माणबारे काँग्रेसले राखेको को प्रस्ताव प्रष्ट नभएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताउनुभएको छ  ।  

 ठाकुरका अनुसार  काँग्रेसले नयाँ सरकार निर्माणको पहल गरे पनि स्पष्टसँग छलफल नभएको बताउनुभयो । 

पछिल्लो समय चैत २७ गते काँग्रेसले सत्ता समीकरणको विषयमा नेकपा माओवादी केन्द्र र जसपासँग बैठक बसेको थियो । तर, जसपा अध्यक्ष ठाकुरले भने गठबन्धको सरकार निर्माणबारे आफूहरुको पार्टीमा कुनै तयारी नभएको  जानकारी दिनुभयो ।

सरकार निर्माणबारे अहिलेको अवस्थामा  जसपा न्युट्रल रहने उहाँले बताउनुभयो । अहिले संसदमा सत्तारुढ नेकपा एमालेको कोही पनि सांसदले एमाले नछोडेको पनि उहाँले  बताउनुभयो । प्रधानमन्त्री ओली र गठबन्धनको सरकार दुवै बन्न नसके चुनाव  अन्तिम विकल्प हुने उहाँले बताउनुभयो ।