30 चैत, 2077Monday, April 12, 2021, 6:56 AM

विश्व

यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह

वासिङ्टन - अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रूसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजन,लाई दिएको एक अन्तर्वार्तामा रूसलाई चेतावनी दिँदै भन्नुभयो, &

म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारी मारिए

म्यान्मार- म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् ।  देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । अनुगमनमा खटिएका अधिकारकर्मीहरुले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।&nb

भारतमा एकै दिन झण्डै एक लाख ५३ हजार सङ्क्रमित

नयाँ दिल्ली – भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना सङ्क्रमित भएका हुन् । भारतमा पछिल्लो केही

युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

दुबई – संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ ।  दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गर्नु भएको हो । घोषणा गरिएका नामहरुमा नोउरा अल&nd

साउदीद्वारा ‘देशद्रोह’ को आरोपमा तीन सैनिकको मृत्युदण्ड

रियाद । साउदी अरबले शनिबार तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ ।   मन्त्रालयले राज्य सञ्चालित समाचार संस्था ‘साउदी प्रेस एजेन्सी’ले प्रकाशित विज्ञप्तिमा भनेको छ, “सेनाले ‘शत्रुलाई सहयोग पुर्याई’

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

काबुल । अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ ।  स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरुले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको हो ।  पछिल्लो २४ घण्टामा भएका घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको वि

प्रधानमन्त्री ओलीद्वारा बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति समवेदना व्यक्त गर्दै नेपालले एक असल साथी गुमाएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल टवीटरमा ट्वीट गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसोन र बेलायती नागरिकप्रति समवेदना व्यक्त गर्दै फिलिपको निधनले एक असल साथ

बेलायतका राजकुमार फिलिपको निधन

लण्डन - बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबार स्रोतले घोषणा गरेको छ । सन् १९४७ मा एलिजावेथसँग बिहे गर्नुभएका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७४ वर्षसम्म वैवाहिक जीवन विताउनुभएको राजदरबार स्रोतले पुष्टि गरेको छ । उहाँहरूक

madan bhandari
mangaldeep
nepal oil corporation
salt trading corporation
yeti airlines